site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेदरल्यान्ड्सविरुद्ध १७ रन बनाएर करण आउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले करण केसीलाई आठौँ विकेटको रूपमा गुमाएको छ । 

अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले करणलाई १८.५ ओभरमा गुमाएको हो । करणले १७ रन बनाए ।

त्यसअघि नेपालले आसिफ सेखलाई चार र कुशल भुर्तेललाई सात रनमा गुमाएको थियो । यस्तै, अनिल साह ११ र कुशल मल्ल चार रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी एक र सोमपाल कामी शून्य रन जोडेर पभेलियन फर्किएका थिए । कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २३:२१
प्रतिक्रिया दिनुहोस्