site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेदरल्यान्ड्सविरुद्ध कप्तान रोहित ३५ रन बनाएर आउट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले कप्तान रोहितकुमार पौडेललाई सातौँ विकेटको रूपमा गुमाएको छ । 

अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले कप्तान रोहितलाई १६ ओभरमा गुमाएको हो । नेपालबाट सम्हालिएर ब्याटिङ गरेका रोहितले ३५ रन बनाए ।

त्यसअघि नेपालले आसिफ सेखलाई चार र कुशल भुर्तेललाई सात रनमा गुमाएको थियो । यस्तै, अनिल साह ११ र कुशल मल्ल चार रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी एक र सोमपाल कामी शून्य रन जोडेर पभेलियन फर्किएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २३:०७
प्रतिक्रिया दिनुहोस्