site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेदरल्यान्ड्सविरुद्ध ऐरी एक रन बनाएर आउट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दीपेन्द्रसिंह ऐरीलाई पाँचौँ विकेटको रूपमा गुमाएको छ । 

अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले दीपेन्द्रलाई १०.४ ओभरमा गुमाएको हो । दीपेन्द्रले नेपाली टिमको खातामा एक रन थपे ।

त्यसअघि नेपालले आसिफ सेखलाई चार र कुशल भुर्तेललाई सात रनमा गुमाएको थियो । यस्तै, अनिल साह ११ र कुशल मल्ल चार रनमा आउट भएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २२:४५
प्रतिक्रिया दिनुहोस्