site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा नेपालको संघर्ष, गुमायो चौथो विकेट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले कुशल मल्ललाई तेस्रो विकेटको रूपमा गुमाएको छ । 

अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले कुशललाई ९.४ ओभरमा गुमाएको हो । मल्लले नेपाली टिमको खातामा नौ रन थपे ।

त्यसअघि नेपालले आसिफ सेखलाई चार र कुशल भुर्तेललाई सात रनमा गुमाएको थियो । यस्तै, अनिल साह ११ रनमा आउट भएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २२:३८
प्रतिक्रिया दिनुहोस्