site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेस सरकारबाट बाहिरिँदै एकीकृत समाजवादी, मन्त्रीहरूले राजीनामा बुझाउँदै 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मधेस सरकारबाट बाहिरिने भएको छ । मन्त्रीहरूले आजै राजीनामा बुझाउने तयारी भएको एकीकृत समाजवादी मधेश प्रदेशका प्रमुख सचेतक कनिश पटेलले जानकारी दिए ।

“केन्द्रीय गठबन्धनअनुसार नै अघि बढ्ने निर्णय गरेका छौँ । सरकारबाट बाहिरिने तयारी गरेका छौँ । सम्भव भएसम्म आजै हाम्रा मन्त्रीहरूले राजीनामा बुझाउनुहुन्छ,” उनले बाह्रखरीसँग भने । 

जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकारमा एकीकृत समाजवादीका दुई मन्त्री छन् । त्यहाँ एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने र बेची लुंगेली मन्त्री छन् । केन्द्रीय सत्तासाझेदार दलहरूको सहमतिअनुसार मधेसबाट एकीकृत समाजवादी बाहिर लागेको हो ।

यसअघि एमाले र माओवादी केन्द्रले त्यहाँ जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरेका थिए । पटेलले भने कसको सरकार बनाउने भन्ने विषयमा छलफल हुन बाँकी नै रहेको बताए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्