site stats
बाह्रखरी :: Baahrakhari
खेल
पीएनजीले वेस्ट इन्डिजलाई दियो १३७ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी)ले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसामु १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार गुयनास्थित प्रोभिडेन्स रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पीएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रनको योगफल खडा गर्यो ।

पीएनजीका शेशे वाउले ५० रनको अर्धशतकीय इनिङ खेले । उनले ४३ बलमा ६ चौका र एक छक्का प्रहार गरे । किप्लिन डोरिगाले २५ रन बनाउँदा कप्तान असद भालाले २१ र चार्ल्स एमिनीले १२ रन थपे । चाड सोपरले १० रन बनाए ।

वेस्ट इन्डिजका अल्जारी जोसेफ र आन्द्रे रसेलले समान दुई विकेट लिए । अकिल हुसैन, रोमारियो सेफर्ड र गुडाकेस मोटेले समान एक विकेट लिए ।

यसअघि आजै भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम अमेरिकाले क्यानडाविरुद्ध सात विकेटको सहज जित निकालेको थियो ।

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्