site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आगो, हुरी र पानी

उपहार मेरा यादहरू दिँदै छु त्यसैमा रमाउनु तिमी
सम्झना आए मन रोए मेरो तस्बिर समाउनु तिमी

तिम्रो जीवन काट्ने असल मान्छेको छनोटमा नपरे पनि
त्यो मनभित्र मसँगको कल्पनाको घर बनाउनु तिमी

धनसम्पत्ति त आगो, हुरी र पानीको भरमा हुने रै’छ
पर्दा जे पनि सहयोग गर्न सक्ने साथी कमाउनु तिमी

यो खुला आकाश सबैको बास हुँदैन कहिल्यै खास
मेरा याद सधैँ अटाउने दिलमा थोरै ठाउँ जमाउनु तिमी

(२०७६/१२/२२)
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्