site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिट्रोनले नेपाली बजारमा परिस्कृत सुविधासहित ई–सी३ साइन सार्वजनिक गर्दै

काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले ई–सी३ लाइन–अपको प्रिमियम मोडल सिट्रोन ई–सी३ साइन नेपालमा सार्वजनिक गर्ने भएको छ । नेपाली बजारमा चाँडै आउने यो नयाँ भेरियन्टले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ धेरै परिस्कृत सुविधाहरू समेटेको छ ।

उच्च प्रविधि र परिस्कृत सुविधाहरूले सुसज्जित सिट्रोन इ–सी३ साइन, कार उत्साहीहरूका लागि उपयुक्त विकल्प हुनेछ जसले स्टाइल र फिचर दुवैलाई महत्त्व दिनेछ । यसमा थपिएका अगाडि र पछाडिको स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्‍याप्ड स्टेयरिङ ह्वील, एलोय ह्वीलहरू र इलेक्ट्रिकल ओआरभीएमहरू जस्ता नयाँ सुविधाहरू सबैलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

सिट्रोनको ई–सी३ साइनले विद्युतीय गाडीहरूको गतिशीलतालाई नेपाली बजारमा थप पहुँच योग्य बनाउँदै विशिष्ट अनुभव प्रदान गर्ने बताइएको छ । सिट्रोन ई–सी३ साइन र यसको आधिकारिक सार्वजनिक हुनेबारे थप जानकारीको लागि सिट्रोनको अफिसियल वेबसाइट तथा सोरूममा गई थप जानकारी सकिनेछ ।

नेपालमा चाँडै सार्वजनिक हुन लागेको नयाँ सिट्रोन ई–सी३ साइनसँग नवप्रवर्तन, आराम र किफायतीको उत्तम मिश्रणको अनुभव लिन सकिनेछ । सिट्रोन एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो, जसको लेगसी १०३ वर्ष भन्दा लामो रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्