site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डको ब्रिफिङ– माधव नेपाल देउवा निवास जाने कुरा पहिल्यै थाहा थियो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल देउवा निवास जान लागेको कुरा आफूलाई पहिल्यै जानकारी भएको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा भएको माओवादी संसदीय दलको बैठकमा ब्रिफिङ गर्दै भने, “माधव नेपाल देउवा निवास जान लागेको जानकारी थियो । अलग पार्टीको अध्यक्षले जान्छु भनेपछि नजानुस् भन्ने कुरा भएन ।”

माओवादी बैठकमा अर्काे पार्टीको अध्यक्षको स्वतन्त्रताको विषयलाई कुण्ठित बनाउनु हुँदैन भन्ने कुरा भएको सांसद लेखनाथ दाहालले जानकारी दिए । 

नेपाल देउवा निवास गए पनि गठबन्धन नै छोड्दैनन् भन्ने बिफिङ प्रचण्डको थियो । बैठकमा सांसदहरूले एउटा गठबन्धनमा रहेका नेता विपक्षी दलको बैठकमा गएको विषयमा प्रश्न उठाएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्