site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निजामती विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं । संघीय निजामती सेवा सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरिएको जानकारी दिए । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले प्रस्ताव पेस गरेका थिए । उक्त मन्त्रालयको विधेयक राज्यवस्था तथा सुशासन समितिले हेर्ने गर्छ ।

त्यस्तै, राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यपार, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको छ । विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव उद्योगमन्त्री दामोदर भण्डारीले पेस गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्