site stats
बाह्रखरी :: Baahrakhari
देश
यार्सा टिप्न गएकी युवतीको मृत्यु
प्रतीकात्मक तस्बिर

रुकुम पश्चिम । यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४, गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ ।

डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिए । उनका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि निज लेक लागेर बिरामी परेकी थिइन् । 

“बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा मृत्यु भएको हो,” वडाध्यक्ष विष्टले भने, “सशस्त्र प्रहरी बलको सहयोगमा गत राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो ।” अहिले अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै पोष्टर्माटम पश्चात् शव गोतामकोटमा ल्याइने बताए । रासस

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्