site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यस्ता छन् एकीकृत समाजवादीका निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको आठौँ बैठकले दिएका सुझावका आधारमा परिमार्जन गरिएको दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको हो ।

प्रचार विभागका अनुसार मुस्ताङ जिल्ला कमिटी इन्चार्जमा कृष्ण नेपाली र स्याङ्जाको इन्चार्जमा अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

त्यस्तै, बैठकमा संंसद्‌को गतिरोध अन्त्य गर्नका लागि गरिएको संवादबारे पनि छलफल भएको छ ।

महाधिवेशन प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने भएको छ । 

त्यस्तै, पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा सातजना नेताको टोली चीन भ्रमणमा जाने तय भएको छ । जेठ १६ गते पाँचदिने भ्रमणमा जाने तय भएको हो । 

अर्बन एन्ड रुरल डेपलभमेन्ट, पोलिसी, प्लानिङ, अनुभव आदानप्रदान गर्ने कार्यक्रममा सहभागी उनीहरू चीन जान लागेका हुन् । कार्यक्रममा विश्वका विभिन्न देशका प्रनिधिहरूको उपस्थित हुने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्