site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
फाइल तस्बिर ।

मनहरी (मकवानपुर) । वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । आज बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । 

मन्त्रिपरिषद्को पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आजै  दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नेछन् । उनले कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारिएको बताए । रासस

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्