site stats
बाह्रखरी :: Baahrakhari
देश
जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–३ का ४५ वर्षीय पन्चु पासवान छन् ।

पासवानले कटहरी गाउँपालिका–५ का एक व्यक्तिलाई उक्त पदमा जागिर लगाइदिने भन्दै तीन लाख ३० हजार रुपैयाँ लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्