site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग 
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशसभा बैठक स्थगित गर्न नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ । 

संसदीय दलको छलफलपछि सभामुख अम्बरबहादुर विष्टसमक्ष आइतबारको बैठक स्थगित गर्न माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए । 

“कोसीमा प्रदेश सरकार गठनको विवाद सर्वोच्च अदालतबाट सुनुवाइ भई फैसला हुन बाँकी रहेकोले बैठक आज नगर्न आग्रह गरेका हौँ,” तामाङले भने । कांग्रेसले लिखित पत्र दिएर बैठक स्थगित गर्न आग्रह गर्ने उनले बताए ।

यसअघि गत वैशाख ३१ गते बसेको बैठक कांग्रेसले बहिष्कार गरेको थियो । पूर्ववर्ती मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुखले हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन गरेपछि कोसीमा विवाद चुलिएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्