site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशसभाको बैठक बस्दै 
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ । 

वैशाख ३१ मा सभाको पाँचौँ अधिवेशन सुरु भएको थियो । पहिलो बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिएका थिए ।

पूर्ववर्ती केदार कार्की नेतृत्वको सरकार गठन प्रक्रियाको विषयमा सर्वोच्च अदालतमा रिट निवेदनमाथि छलफल जारी रहेकै बेला बैठक आह्वान गरिएको भन्दै कांग्रेसले बहिष्कार गरेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्