site stats
बाह्रखरी :: Baahrakhari
देश
नाला खन्ने क्रममा खसेको ढुंगाले लागेर एकजनाको मृत्यु 
Argakhachi Cement Island Ad

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डमा नाला खन्ने क्रममा खसेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ । आइतबार बिहान इच्छाकामना गाउँपालिका–५, स्थित तीन नम्बर पुलनजिक नाला खन्ने क्रममा माथिबाट झरेको ढुंगाले लाग्दा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

खन्ने क्रममा माथिबाट पहिरो खस्दा बा२क ८६५१ नं को स्काभेटर चालक बर्दिया गेडुवा गाउँपालिका–४, का ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए । 

ढुंगाले निर्माण कम्पनीको मेसिनमा क्षति पुगेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले जानकारी दिए । हाल उक्त सडकखण्डमा एकतर्फी सवारी सञ्चालनमा रहेको उनले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्