site stats
बाह्रखरी :: Baahrakhari
देश
भैँसी चराउने क्रममा विवाद : चक्कु प्रहारबाट मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पर्सामा हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–४, प्रसौनी टोलका २२ वर्षीय सुवास हजरा दुसाद छन् ।

प्रसौनी टोलकै ५० वर्षीय ललाई हजरा दुसादको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) साँझ सुवासलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

भैँसी चराउने क्रममा विवाद हुँदा सुवासले चक्कु प्रहार गर्दा ललाई हजरा गम्भीर घाइते भएका थिए । घटनापश्चात् उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा उनको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । त्यसपछि सुवासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्