site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भयो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भएको बताएका छन् । 

ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले कुनै विषयमा बुझ्न खोजे बोलाएर छलफल गर्न सकिने भए पनि सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भएको बताएका हुन् । 

अनुचित गरेको छ भने उचित ढंगले सजाय गर्न सकिने भए पनि गम्भीर अपराधी जस्तो पहिले नै गिरफ्तार गर्ने कामलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले विषय एउटा र तर्साउन खोजेको अर्को भन्ने कुराहरू उठिरहेको भन्दै तर्साएर शासन गर्ने सोचिएको भए गलत भएको धारणा राखे ।

त्यस्तै, उनले अहिले देखिएको राजनीतिक गतिरोध वार्ता र छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्