site stats
बाह्रखरी :: Baahrakhari
देश
मुगुमा विद्यार्थी सवार जीप दुर्घटना
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मुगुमा विद्यार्थी बोकेको जीप दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका–२ को शेरीजाममा ग १ ज ८२४९ नम्बरको जीप बिहीबार दुर्घटना भएको हो ।

बाजुराबाट विद्यार्थी बोकेर शैक्षिक भ्रमणका लागि रारातर्फ गइरहेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए ।

जीपमा ११ जना सवार रहेको र उनीहरू सामान्य घाइते भएको उनले जानकारी दिए ।   

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्