site stats
बाह्रखरी :: Baahrakhari
खेल
ट्वान्टी–२० शृंखलामा टेस्ट राष्ट्र बंगलादेशविरुद्ध अमेरिकाको जित

काठमाडौं । तीन खेलको ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा अमेरिकाले टेस्ट राष्ट्र बंगलादेशविरुद्ध पाँच विकेटको जित निकालेको छ । मंगलबार भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १५४ रनको लक्ष्य अमेरिकाले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍याे ।

अमेरिकाको जितमा कोरी एन्डर्सनले ३४ रन बनाए । हर्मित सिंहले ३३, स्टेभन टेलरले २८, एन्ड्रियस गोउसले २३ र कप्तान मोनांक पटेलले १२ रन बनाए ।

बंगलादेशका मुस्ताफिजुर रहमानले दुई विकेट लिए । सोरिफुल इस्लाम र रिसाद हुसैनले समान एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो ।

बंगलादेशका तोहिद ह्रदोयले ५८ रन बनाएका थिए । महमुदुल्लाहले ३१, सौम्य सरकारले २० र लिटोन दासले १४ रन बनाए । अमेरिकाका स्टेभन टेलरले दुई विकेट लिए । सौरब नेत्रवाल्कर, अली खान र जेसी सिंहले समान एक विकेट हात पारे ।

जितसँगै तीन खेलको शृंखलामा अमेरिकाले १–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्