site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दल फुटाउन नभइ परिमार्जन गर्न विधेयक फिर्ता लिएको : मन्त्री गिरी 
फाइल तस्बिर

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने विषयमा आशंका नगर्न आग्रह गरेका छन् । 

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गिरीले कुनै दल फुटाउन नभइ थप परिमार्जन गर्न राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको दाबी गरे ।  विधेयक फिर्ता लिने निर्णय कुनै दलसँग लक्षित नभएको र कुनै दल फुटाउने ढंगले सरकार अघि नबढ्ने उनको भनाइ छ । 

मन्त्री गिरीले प्रतिपक्षी दलको मागप्रति सरकार गम्भीर भएर नै कार्यदलमार्फत काम भइरहेको बताए । संवैधानिक बाध्यताअनुसार गर्नुपर्ने काम विरोधबीच सदनबाट अघि बढाइएको उनको भनाइ छ । संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक पुगेको भन्दै उनले केहि दिनभित्रै सहमति हुने जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्