site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक जेठ ११ सम्मलाई स्थगित
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभा बैठक यही जेठ ११ गतेसम्मका निम्ति स्थगन गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच मंगलबार केही बेर बैठक सञ्चालन गरियो ।

प्रतिपक्षको विरोधबीच सभामुख देवराज घिमिरेले संसद्को काम–कारबाही अघि बढाएका थिए । आजका निम्ति तय सबै कार्यसूचीमा भने उनी प्रवेश गरेनन् ।

सभामुख घिमिरेले जेठ ११ गतेको बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरिने कार्यसूची निर्धारण गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्