site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‌भित्रै प्रधानमन्त्रीलाई स्कर्टिङ, मार्सल लगाएर रोष्ट्रम पुगे

काठमाडौं । सभामुख देवराज घिमिरेले मंगलबार (आज) पनि प्रतिपक्षले वेल घेरेको समयमै बैठकका काम कारबाही सञ्चालन गरेका छन् । घिमिरेले अवरोधमै संसद् सञ्चालन गर्दा प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’ मार्सल लगाएर स्कर्टिङमा रोष्ट्रम पुगेका छन् । 

सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गरिदिएकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव राखेका हुन् । उनले प्रस्ताव राखेपछि मार्सलकै सहारामा आफ्नने आसनमा फर्किएका छन् ।

Argakhachi Cement Island Ad

राष्ट्रप्रमुखलाई धन्यवाद दिने प्रस्ताव प्रमुख प्रतिपक्षसहित प्रतिपक्षीको नाराबाजीमै सभामुख घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे । सत्तापक्षका सांसदहरूले ‘हुन्छ’ भने तर, विपक्षीको नाराबाजी चलिरहेका बेला सभामुखले ‘हुन्न’ भन्ने आवाज नसुनिएको बताए । 

उनले नीति तथा कायर्रक्रममा छलफलका लागि यही जेठ ११ गते देखिको समय तोकेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्