site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुख छलफलमा, संसद् बैठकमा ढिलाइ
देवराज घिमिरे । फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक/सचेतकबीचको छलफल सुरु भएको छ । सभामुखले आजै यसअघि विपक्षी दलका प्रमुख सचेतक/सचेतकसँग छलफल गरेका थिए ।

“विपक्षी दलका प्रमुख सचेतक/सचेतकसँगको छलफलपछि सभामुखले अहिले सबै दलका प्रमुख सचेतकसँग छलफल गरिरहनुभएको छ,” सभामुखको सचिवालयले भन्यो ।

सभामुख र दलका सचेतकहरू छलफल गरिरहेकाले बिहान ११ बजेका निम्ति बोलाइएको संसद बैठक बस्न ढिलाइ भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्