site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चालक समातिएपछि बालेनको आक्रोश– सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर बोक्ने गाडीका चारजना चालकलाई सरकारले नियन्त्रणमा लिएको बताएका छन् । आइतबार साँझ बालेनले सामाजिक सञ्जालमार्फत फोहोर बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिइएको बताउँदै आक्रोश पोखेका छन् ।

उनले चालकलाई रिहा नगरे सिंहदरबारसहित सबै पार्टी कार्यालयको फोहोर नउठाउने चेतावनीसमेत दिएका छन् । उनले नेताहरूको घरको समेत फोहोर नउठाउने बताएका छन् ।

"भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ, यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्,  सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको  फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिदैन," उनले लेखेका छन् ।

बालेनले  चालक नियन्त्रणमा लिइएको विषयमा थप विवरण खुलाएका छैनन् ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्