site stats
बाह्रखरी :: Baahrakhari
देश
गौशाला चोकमा अतिक्रमण गरी बनाइएका घरमा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरमा डोजर लगाएर भत्काएको छ । 

महानगरले गौशाला चोक आसपासमा सडक किनारमा मापदण्डविपरीत अतिक्रमण गरी बनाइएका घर तथा पसलहरूमा आइतबार डोजर लगाएर भत्काएको हो । 

मापदण्डविपरीत बनाइएको घर टहरामा नियमित रूपमा भत्काउँदै जाने महानगरले जनाएको छ । महानगरपालिकाले यसअघि गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरू भत्काउन ३५ दिन अगाडि सूचना जारी गरेको थियो । 

१५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर, घर धनीले आफैँ नभत्काएपछि डोजर चलाएको महानगरले जनाएको छ ।

यस्तै, शुक्रबार चाबहिलस्थिल भत्केको पुल आसपासमा बनेको अवैध संरचनाहरू भत्काएको थियो । महानगरले पछिल्लो समय महानगरभित्रका मापदण्डविपरीत बनेका घर टहरा भत्काउँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्