site stats
बाह्रखरी :: Baahrakhari
खेल
गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरपालिकालाई

पाटन । गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ । गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ ले पराजित गर्दै काठमाडौं महानगर विजेता बनेको हो ।

उपाधि विजेता काठमाडौं महानगरपालिकाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता चन्द्रागिरि नगरपालिकाले तीन लाख रुपैयाँ पायो ।

गएको वैशाख २९ गते सकाउने गरी तयारी गरिएको तर बर्सातका कारण सेमिफाइनल खेल रोकिँदा ढिला सम्पन्न भएको प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले बताए ।

गोदावरी नगरपालिकाको आयोजनामा वैशाख १५ गतेदेखि प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता गरिएको हो । उपत्यकाभित्रका १४ पालिकाका १५ टिम प्रतियोगितामा सहभागी थिए । रासस

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्