site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘वार्म अप’ खेल तालिका सार्वजनिक, नेपालले अमेरिका र क्यानडासँग खेल्ने 
फाइल तस्बिर ।

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ट्वान्टी–२० विश्वकपअघिको ‘वार्म अप’ खेल तालिका सार्वजनिक गरेको छ । आईसीसीले शुक्रबार ‘वार्म अप’ खेलको तालिका सार्वजनिक गरेको हो । 

जसअनुसार नेपालले अमेरिका र क्यानडासँग खेल्नेछ । नेपालले मे २७ मा क्यानडाविरुद्ध पहिलो र ३० मा अमेरिकाविरुद्ध दोस्रो खेल खेल्नेछ । दुवै खेल डल्लासमा हुनेछन् । 

नेपाली टिम हाल तयारीका निम्ति वेस्ट इन्डिजमा छ । वेस्ट इन्डिजमा स्थानीय क्लब विन्डवर्र्डस भोल्कानोजविरुद्ध नेपालले तीन खेलको ट्वान्टी–२० शृंखला खेलिरहेको छ । नेपालले भोल्कानोजविरुद्ध पहिलो खेलमा चार विकेटको र दोस्रो खेलमा ४९ रनको जित निकाल्दै शृंखलामा अन्तिम खेलअगावै जितिसकेको छ । यी दुई टिमबीचको अन्तिम खेल भने शनिबार हुँदैछ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्