site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकहरूको पुँजीकोष सुदृढ बनाउन अतिरिक्त उपकरण प्रयोग गर्न दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको पुँजीकोष सुदृढ बनाउन अतिरिक्त उपकरण प्रयोगमा ल्याउन दिने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत यस्तो व्यवस्था गरिएको हो ।

“बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिनेछ,” समीक्षामा उल्लेख गरिएकाे छ । 

हाल बैंकहरू पुँजीकोष दबाबमा छन् । राष्ट्र बैंकले गरेको पुँजीकोष सम्बन्धी व्यवस्था अनुसार पुँजी नपुगेर बैंकहरू ऋण दिन नसक्ने अवस्थामा छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्