site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
६ मिनेटमै राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका कारण संसद् बैठक स्थगन भएको हो । 

कांग्रेसले सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछाने दोषी रहेको भन्दै संसदीय छानबिन समितिको गठन गर्न माग गरिरहेको छ । उसले समिति माग गर्दै निरन्तर संघीय संसद्को दुवै सदन अवरोध गर्दै आएको छ । 

समिति नबनेसम्म बैठक अघि बढ्न नदिने अडान कांग्रेसको छ । सोही कारण आजको बैठक पनि ६ मिनेट ११ सेकेन्डमै स्थगन भएको हो । बैठक सुरु हुने बित्तिकै कांग्रेसले उठेर विरोध गरेको थियो । सदन अवरोध भएसँगै अर्को बैठक भोलि (शुक्रबार) १ बजेर १५ मिनेटका लागि बोलाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्