site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नीति तथा कार्यक्रमका विषयमा निर्णय गर्न कांग्रेस बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसेको हो ।

संघीय संसद्को संयुक्त बैठकमा आज आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ । उक्त कार्यक्रम प्रस्तुत गर्न दिने/नदिनेबारे दलको बैठकबाट कांग्रेसले निर्णय गर्न लागेको हो ।

सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठन गर्नुपर्ने माग गरिरहेको छ । लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाइएसम्म संसद् बैठक चल्न नदिने कांग्रेसको अडान छ ।

आजै बिहान कांग्रेसका नेतालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा संसद् अवरोध नगर्न अनुरोध गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् । त्यसका निम्ति दिउँसो ३ बजे बस्ने गरी संसद्को संयुक्त बैठक तय गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्