site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै 
फाइल तस्बिर ।

काठमाडौं । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम मंगलबार (आज) पेस हुँदै छ । नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यसूची छ । 

सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ । यसका लागि मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।

संघीय संसद् सचिवालयले २ः४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई सूचना जारी गर्दै आग्रह गरिसकेको छ । 

 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०५:५२
प्रतिक्रिया दिनुहोस्