site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशसभाको बैठक सुरु, कांग्रेस सांसद अनुपस्थित 

विराटनगर ।‌ कोसी प्रदेशसभाको बैठक सुरु भएको छ । बैठकमा कांग्रेसका सांसदले सहभागिता जनाएका छैनन् । सभामुख अमरबहादुर बिष्टले अधिवेशन आह्वानसम्बन्धी र हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएको पत्र पढेर सुनाए । आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ । 

नेपाली कांग्रेसले आजको बैठकमा सहभागी नहुने निर्णय गरेको दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए । 

कांग्रेस संसदीय दलले सरकार गठनसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा कायम रहेको र सोको पूर्ण फैसला आउन बाँकी रहेकोले विश्वासको मत लिने बैठकमा सहभागी हुन नसक्ने ठहर गरेको तामाङले बताए ।‌

कोसीमा केदार कार्की आठ सांसदको साथ लिएर नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम एमालेका ३९ सांसदको समर्थनमा गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । 
तर, वैशाख ७ गते संकल्प प्रस्ताव पारित गरी विश्वासको मत लिन नेकपा एमाले र माओवादीका गरी ५२ सांसदले निर्देशन दिएका थिए । 

त्यसपछि प्रदेश प्रमुखबाट सरकार आह्वान भइ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । यो प्रक्रियाविरुद्ध कांग्रेसका केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।‌ सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।‌ उसले विभिन्न पाँच प्रश्न उठाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्