site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँमा घटेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १० रुपैयाँ घटेर कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा करोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्