site stats
बाह्रखरी :: Baahrakhari
देश
सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर

धनुषा । जनकपुरमा सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना  पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूबाट लुटेकोमध्ये र १४ लाख ५३ हजार रुपैयाँ बरामद गरेको उनले बताए । 

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९, थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटिएको थियो ।

सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट ८० लाख रुपैयाँ निकालेर लग्दैगरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीनजनाले रकम भएको झोला लुटेर फारार भएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्