site stats
बाह्रखरी :: Baahrakhari
देश
स्रोत नखुलेको सात लाख रुपैयाँसहित युवक पक्राउ

जलेश्वर । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय अनिस राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार भारतबाट प्र.२–०२–००४प ७१६७ नंको मोटरसाइकलमा चढी पिठ्युँमा झोलामा बोकी मटिहानी हुँदै जनकपुरतिर जाँदै गरेका राइनलाई मटिहानी–७ स्थित पुल नजिकै खटिएको प्रहरीले शंका लागेर जाँच गरेको थियो । त्यस क्रममा उनको झोलाबाट स्रोत नखुलेको ६ लाख ६८ हजार पाँच सय बरामद गरिएको हो ।

प्रहरीले राइनलाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाएको छ । रासस

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २१:०८
प्रतिक्रिया दिनुहोस्