site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

चौतारातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२००६ प ९५३९ नम्बरको मोटरसाइकलको पछाडि सवार २३ वर्षीया इन्दिरा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको श्रीमान् मोटरसाइकल चालक सन्तोष दुलाल  घाइते छन् ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी अधिकारीको उपचारका क्रममा चौतारा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्