site stats
बाह्रखरी :: Baahrakhari
देश
कोइली खोलाले बगाउँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर

कपिलवस्तु । वाणगङ्गा नगरपालिका–७, मा कोइली खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आइतबार बिहान ७ बजे दाउरा संकलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो । 

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले बताए । लौटनको शव बगाएको ठाउँबाट दुई किलोमिटरको तल फेला परेको रायमाझीले बताए । रासस

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्