site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बोलाइएको छ । आज बिहान साढे ११ बजे बस्ने बैठकमा पार्टीको १०औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

केन्द्रीय प्रचार विभागका अनुसार बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, विधान र सांगठनिक दस्ताबेजमा छलफल हुनेछ ।

एकीकृत समाजवादीको १०औँ महाधिवेशन आगामी असार १० देखि १६ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्