site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गण्डकी सरकारविरुद्धको रिटमाथि आज सुनुवाइ

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट पाएको विश्वासको मतका विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले गएको मंगलबार रिट दायर गरेका हुन् ।

सर्वोच्चको आदेश देखाउँदै मुख्यमन्त्री अधिकारीले ६० प्रदेशसभा सदस्यमध्ये पाएको ३० मतलाई बहुमत भनी विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरेपछि पाण्डे अदालत गएका हुन् । गएको आइतबार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका थिए ।

संविधान र गणितको अन्तर्राष्ट्रिय नियम नै बदल्ने गरी सभामुखद्वारा गरिएको घोषणा बदर गरी आफूलाई संविधानको धारा १६८ (३) को मुख्यमन्त्री नियुक्तिको आदेश दिन पाण्डेले रिटमार्फत माग गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्