site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद पदको शपथ ग्रहण गर्दै सुहाङ

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ गराउने कार्यक्रम छ । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ ।

गत वैशाख १५ मा इलाम–२ को उपनिर्वाचनबाट नेकपा एमालेका उमेदवार नेम्वाङ निर्वाचित भएका थिए ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्