site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

काठमाडौं । टाटा मोटर्सको नेपालका निम्ति एक मात्र आधिकारिक वितरक सिप्रदी टे«डिङले टाटाका जेन्युइन पार्ट्सको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरमा ग्राहकले पहिलेको तुलनामा कम मूल्यमा टाटा जेन्युइन पार्ट्स प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सिप्रदीको ग्राहकमुखी अवधारणअनुरूप टाटा जेन्युइन पार्ट्सको मूल्य घटाइएको कम्पनीको भनाइ छ ।

योसँगै टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कसपमा अनुभवी तथा दक्ष प्राविधिकबाट गाडीको चेकजाँच गराउँदा कम खर्चमा टाटा जेन्युइन पार्ट्सको प्रयोग गरी गुणस्तरीय सर्भिसिङ तथा मर्मतको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।

मूल्य समायोजनपछि ग्राहकले आफ्नो गाडीको सञ्चालन खर्चमा ३० प्रतिशत बचत प्राप्त गर्न सक्ने सिप्रदीले जनाएको छ । कम्पनीका अनुसार, यही वैशाख २३ गतेदेखि समायोजन मूल्य लागु गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्