site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माइडिया ब्रान्डका फ्यान नेपाली बजारमा, ग्राहकलाई प्रत्येक हप्ता उपहार

काठमाडौं । घरेलु उपकरण निर्माता माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ फ्यान नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालभर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा शो रुमबाट सुपथ मूल्यमा उपभोक्ताले माइडियाका फ्यान खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

नयाँ वर्ष २०८१ का अवसरमा माइडिया ब्रन्डको फ्यान खरिद गरी हरेक हप्ता इलेक्ट्रिक प्रेसरकुकर र बम्पर उपहारमा साइड बाई साइड रेफ्रिजेरेटर जित्न सकिने पनि कम्पनीले जनाएको छ ।

Argakhachi Cement Island Ad

तीन किसिमको गतिमा चलाउन मिल्ने माइडियाको वाल फ्यानमा दुई वर्षको वारेन्टी छ ।

शक्तिशाली मोटर रहेको स्ट्यान्ड फ्यान र टेबल फ्यानमा टु इन वान फिचर छ । रिमोट कन्ट्रोलसहितको यो फ्यानमा अटो टर्न अफ सुविधा र भरपर्दो र दुई वर्षको वारेन्टी छ । यी फ्यान वातावरण र विद्युतमैत्री रहेका कम्पनीले जनाएको छ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, मल्टी डोर रेफ्रिजिरेटर, साइड बाई साइड रेफ्रिजेरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसरकुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यानजस्ता विभिन्न घरेलु उपकरण बजारमा उपलब्ध छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्