site stats
बाह्रखरी :: Baahrakhari
देश
मापदण्डविपरीत चलेका सेवाप्रदायकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी 

कठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कारबाहीको चेतावनी दिएको छ  । 

मन्त्रालयले मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन गरेको तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने जनाएको हो । 

मन्त्रालयको निसानामा केही स्वास्थ्यसेवासँग सम्बन्धित् संस्था, अटिजम थेरापी सेन्टर, बाल क्लिनिकलगायत छन् । ती संस्थालाई तत्काल स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । 

press-note-1714716228.PNG
 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्