site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनमा सवारी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४८ पुग्यो

गुआङझोउ । दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा बुधबार बिहान एक्सप्रेसवेको एक भाग ढलेपछि मृत्युको संख्या ४८ पुगेको छ । उपचाररत घाइतेमध्ये तीनजनाको अझै पहिचान हुनसकेको छैन ।

घाइतेहरुमध्ये सबै जना खतरामुक्त तथा सुरक्षित रहेको मेझोउ सहरका अधिकारीहरूले बताएका छन्।  दुर्घटना मेझोउ–डाबु एक्सप्रेसवेमा मेझोउमा भएको थियो । अहिले पनि खोजी तथा उद्धारकार्य जारी छ । रासस\सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्