site stats
बाह्रखरी :: Baahrakhari
देश
डढेलोले सिंगो गाउँ नै जोखिममा

ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–१२ डाँडाखेतमा स्थानीय दधिराम पौडेल यदुनाथ पौडेलको घर गोठ जलेर नष्ट भएको हो ।

आगलागीमा परी दधिराम पौडेल घाइते भएका छन् । घाइते पौडेललाई धौलागिरि अस्पताल बागलुङमा ल्याइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

आज दिउँसो डाँडाखेत सामुदायिक वनमा लागेको आगो बस्तीमा बस्दा घर गोठ जलेको उनको भनाइ छ । गोठ जल्दा पाँचवटा गाई, पाँच बाख्रा मरेको उपप्रमुख खड्काले बताए ।

सामुदायिक वनमा लागेको आगोले डाँडाखेत गाउँनै जोखिममा रहेको उनी बताउँछन् । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा ल्याउन खोजे पनि अहिलेसम्म नियन्त्रणबाट आउन नसकेको खड्काको भनाइ छ ।

“आगो आज दिउँसो लागेको रहेछ । स्थानीयले नगरपालिकामा खबर गरेपछि, प्रहरीको टोलीसहित हामीहरू आगलागी भएको स्थानमा आएका छौँ । आगलागीले सामुदायिक जलेको छ, वनबाट लागेको आगो गाउँमा आउँदा पाँचवटा घर गोठ जलेर नष्ट भएका छन् । एक दर्जन पशुचौपाया पनि जलेर मरेका छन् । धेरै घाइते छन्,” उपप्रमुख खड्काले भने, “एक जना स्थानीय पनि घाइते हुनुभएको छ, उहाँलाई धौलागिरि अस्पताल पठाएका छौँ ।” रासस

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २२:३९
प्रतिक्रिया दिनुहोस्