site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम–२ र बझाङ १ ‘क’मा मतदान सुरु

काठमाडौं । इलाम–२ र बझाङ १ ‘क’ मा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएको हो । 

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

आयोगले निर्धक्क भएर मतदानमा भाग लिन आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको पाण्डेयले जानकारी दिएका छन् । 

सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्