site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्न सकेन : उपप्रधानमन्त्री यादव
फाइल तस्बिर

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १६औँ पञ्चवर्षीय योजनामा कृषि, पर्यटन, ऊर्जाको क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताएका छन् । 

बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले कृषिलाई औद्योगीकरण गरेर मात्रै गरिबीहरुको बेरोजगारी घटाउन सकिने भए पनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको बताए । उनले उद्योग धन्दाहरु सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्यको क्षेत्र पनि सरकारको प्राथमिकतामा नपरेको बताए । 

उपप्रधानमन्त्री यादवले विगतमा अत्याधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरु गलत नीतिका कारण र निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिँदा बन्द भएको बताए । 

उनले बन्द भएका उद्योगहरु कसरी सञ्चालन गर्ने भनेर १६औँ पञ्चवर्षीय योजनामा नराखिएको जानकारी दिए । नयाँ उद्योगहरु खोल्ने र लगानी गर्ने वातावरण कसरी सिर्जना गर्ने भन्ने विषय पनि सरकारको प्राथमिकतामा नपरेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्