site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५०० रुपैयाँले सुनकाे मूल्य बढेको छ । 

बुधबार छापावाल सुन तोलामा एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३५ हजार ५०० रुपैयाँ कारोबार भएको थियो ।  

बुधबार तेजाबी सुन तोलामा एक लाख ३५ हजार ३५० रुपैयाँ कारोबार भइरहेको छ । 

यस्तै, बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यस दिन चाँदी तोलामा एक हजार ६७० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्